सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका भुमहिका एक व्यवसायी उमेश गुप्ता सम्पर्क बिहिन भएका छन।
भुमहीको सहकारी चोक बस्ने गुप्ता टेण्ट हाउस एवं एग्रोभेटका सन्चालक उमेस गुप्ता हिजो चैत्र २६ गतेदेखि सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले जानकारी दिए।
परिवारका अनुसार हिजो बिहान भुमही चोकमा रहेको पसल खोल्न भनी घरबाट करिब बिहान ९:२० मा निस्किएको र भुमही चोकमा रहेको एलिसा मार्टको सिसि क्यामेरा हेर्दा ९:२८ मिनेटमा परासी जानेबाटोतर्फ गएको देखिएको तर त्यसपछि खबर नपाइएको हुनाले खोजी गर्न अपिल गरेका छन।
कोही कसैले देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा छोरि 9800793445 र यमलाल पाण्डेय 9857024125 लाई सम्पर्क गर्न आग्रह गरेका छन।