परासी।पस्चिम नवलपरासीमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ।सुनवल नगरपालिकाले १४ स्वर्ण पदक,१७ रजत पदक र २७ कास्य पदक गरी कुल ५८ पदक सहित प्रथम स्थान हालिस गरेको हो।
त्यसैगरि प्रतापपुर गाउँपालिकाले १० स्वर्ण पदक,१७ रजत पदक र ३ कास्य पदक गरी कुल ३० पदक सहित दोस्रो स्थान र बर्दघाट नगरपालिकाले ७ स्वर्ण पदक,४ रजत पदक र ९ कास्य पदक गरी कुल २० पदक सहित तृतीय स्थान प्राप्त गरेका छन।
त्यस्तै प्रतियोगितामा क्रमशःसुस्ता गाउँपालिकाले ६ स्वर्ण पदक,७ रजत पदक र ५ कास्य पदक गरी कुल १८ पदक सहित चौथो स्थान,सरावल गाउँपालिकाले ४ स्वर्ण पदक,५ रजत पदक र ५ कास्य पदक गरी कुल १४ पदक सहित पाँचौं स्थान, रामग्राम नगरपालिकाले २ स्वर्ण पदक,३ रजत पदक र ३ कास्य पदक गरी कुल ८ पदक सहित छठौ र पाल्हिनन्दन गाउँपालिकाले १ स्वर्ण पदक र ३ कास्य पदक गरी कुल ४ पदक सहित अन्तिम स्थान प्राप्त गरेको छ।
शनिवारदेखि पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुर स्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा संचालित १३ औ राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा सहभागी ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहबाट सहभागी खेलाडिले १५२ वटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए।तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा भलिबल,कबड्डी,दौड,हाई जम्प,लङ जम्प,कराँते लगायतका खेलहरु सञ्चालन भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू महरले जानकारी दिए।
समापन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू मगरको अध्यक्षतामा तथा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजू प्रसाद गुप्ता (दीपक)को प्रमूख अतिथीकतामा सम्पन्न भएको हो।समापन समारोहलाई सम्बोधन गर्दै पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्ताले खेलकुद क्षेत्र अगाडी बढाउँ आफु सदैब तत्पर रहेको बताउँदै विजेता सम्पुर्ण खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रतापपुर गाउँपालिकाले आयोजना गर्ने घोषणा गरेका थिए।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना),पाल्हिनन्दन गाउँपालिकाका वार्ड २ का अध्यक्ष जगदिश गुप्ता,खेलकुद बिकास समितिका पदाधिकारी लगाएत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।