ट्रेन्डीङ्ग

पाल्हीनन्दनमा बिकास,सुशासन र सेवा प्रवाह विषयमा सर्वदलीय अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा बिकास,शुशासन र सेवा प्रवाह बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।

 

 

 

पाल्हिनन्दन गापा अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षता एव प्रमुख अतिथि पुर्व कानुन मन्त्री एवं प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान कानुन मन्त्री प्रधानले पाल्हिनन्दनको बिकासका लागि तिनै तहका प्रतिनिधिले एकीकृत योजना बनाएर अगाडि बढे मात्र संभव हुने बताउदै पाल्हिनन्दनको आर्थिक समृद्धिका लागि यस क्षेत्र भित्र पर्ने विभिन्न धार्मिक तथा पर्यटनकिय क्षेत्रको संरक्षण सगै बिकास गर्नुपर्नेमा जोड दिए।

प्रधानले पाल्हिनन्दनको बिकासका लागि सडक स्तरोन्नति,किसानको उन्नति औद्योगिक करिडोर,रोजगारी र सृजना गर्दै बिकास सगै नमूना पालिका बनाउन प्रतिबद्ध रहेको बताए।

 

वडा नम्बर ५ का अध्यक्ष दयानन्द त्रीपाठिको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासाकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले संचालन गर्नु भएको थियो।कार्यक्रममा उपाध्यक्ष फातुम खातुन,पत्रकार मोहन पौडेल लगायत तथा गाउँपालिकाका विभिन्न संघ सस्था राजनीति दलका प्रतिनिधी,स्वास्थ्य स्वयंसेविका लगायतले आफ्नो धारणा राखेका थिए।

 

 

कार्यक्रममा सहभागीले जनताका आधारभूत आवश्यकता शिक्षा,गुणस्तरीय स्वास्थ्य,सडक,पर्यटन कृषि र ढुवान रोकथामका विषयमा प्राथमिकता साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?