ट्रेन्डीङ्ग

अल्छी गरे पत्रकारिताको विकल्प खोजे हुन्छ: अध्यक्ष बस्नेत

काठमाडौ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यपूर्ण र खोजमूलक सामग्री दिन नसके अनलाइन सञ्चार माध्यम टिक्न नसक्ने भन्दै त्यसतर्फ गम्भीर हुन सजग गराउनुभएको छ।

 

‘अधिकांश अनलाइन माध्यमहरूमा मौलिक र खोजपूर्ण समाचार सामग्री देखिन छाडेको छ।यो अल्छिपना हो।

 

अन्य माध्यमको समाचार हुबहु सारेर वा अल्छी गरी जबरजस्ती अनलाइन चलाउनु राम्रो होइन।बरु विकल्प खोज्नु राम्रो हुन्छ’ काउन्सिलमा नयाँ दर्ता भएका अनलाइनका सञ्चालक,सम्पादकहरूलाई शुक्रबार दिइएको अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले भन्नुभयो।

 

अध्यक्ष बस्नेतले विभिन्न व्यवसाय गर्ने र त्यसलाई सजिलो पार्न अनलाइन समाचार माध्यम खोल्ने प्रवृत्तिको पनि कटाक्ष गर्नुभयो।

 

‘सञ्चार माध्यमको विशेषता र प्रकृति फरक छ।अरू उद्योगबाट हुने फाइदा,बेफाइदाको आँखाबाट सञ्चार उद्योगलाई हेरिनुहुँदैन।अरू कामलाइ सघाउन एउटा अनलाइन पनि दर्ता गराउन भनेर कोही आएको छ भने त्यो गलत हो।त्यस्ता अनलाइन टिक्न सक्दैनन्’उहाँले भन्नुभयो।

काउन्सिलले अनलाइन दर्ताअघि आचारसंहिता र पत्रकारिताको आधारभूत मूल्य मान्यताको विषयमा नियमित अभिमुखीकरण कक्षा राख्दै आएको छ।

 

शुक्रबारको कक्षामा मुलुकभरका ३७ वटा नयाँ अनलाइनका सहभागी थिए।सहभागीलाई अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले विषयगत विज्ञकारूपमा कक्षा लिनुभएको थियो।

 

प्रधानसम्पादक भण्डारीले अनलाइन सञ्चार माध्यमले अवसरसँगै चुनौति पनि थपेको भन्दै पत्रकारले आचारसंहिताको सीमाभित्र रहेर काम गरे सफल हुने बताउनुभयो।

 

बुढाथोकीले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरुको महत्व र प्रभावकाररिताबारे प्रशिक्षण दिनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal