ट्रेन्डीङ्ग

जनजाती महासंघ सुनवलको अधिवेसनको फागुन ९ गते हुने

सुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।

सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले नगर परिषद्को अधिवेसन कार्यक्रम तयारीका वारेमा छलफल गर्दै विभिन्न उपसमिति गठन गरेको हो।

सचिब सञ्जय कुमार श्रेष्ठको संयोजकत्वमा मञ्च व्यबस्थापन समिति,कोषाध्यक्ष हेम बहादुर थापाको संयोजकत्वमा आर्थिक सङकलन समिती,उपाध्यक्ष निर्मला सारु मगरको संयोजकत्वमा साँस्कृतिक समिति,सहसचिव सिता गुरुङ्गको संयोजकत्वमा अतिथि सत्कार समिति र जोग बहादुर चौधरीको संयोजकत्वमा स्वयसेवक परिचालन समिति गठन भएको महासंघ जिल्ला परिषद नवलपरासीका सल्लाहकार मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ।

बैठकमा आगामी फागुन ९ गते लुम्बिनी चिनि उधोग सुनवलको सि गेटको प्राङ्गणमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा भब्यताका साथ दोस्रो अधिबेशन सम्पन्न गर्ने निणर्य पारित भएको सल्लाहकार थापा मगरले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?