सुनवल।कोटहीदेवी सामुदायिक वन सुनवल ११ जर्गाहाको चौथों साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।
समितिका अध्यक्ष ईश्वरी प्रसाद जैसीको अध्यक्षता तथा डिविजन वन कार्यालय परासीका महेन्द्र राज वाग्ले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै वाग्लेले सामुदायिक बनका उपभोक्तााले बन पैदावार मात्र उपभोग नगरी बनलाई हरियाली प्रबर्दन गर्नै तर्फ पनि लाग्नुपर्ने बताउनुभयो।
वाग्लेले हराभरा र स्वच्छ नगर बनाउन स्थानिय सरकार सामुदायिक वनहरुको पक्षमा रहेको र वनको निति निर्माणका क्रममा सामुदायिक वनसंग सहकार्य गरेर निति निर्माण गरिने बताउदै सफा सुन्दर,हरियाली र बातावरण मैत्री नगर बनाउन वनले विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको हुदा सम्पुर्ण नगरवासिले सो अभियान सफल बनाउनका लागी हातेमालो गर्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा डम्मर भार सामुदायिक वनका अध्यक्ष टंकनाथ पराजुली,पूर्व संस्थापक अध्यक्ष कुलबहादुर राना,वाक्वाणी माध्यमिक विद्यालयका समितिका अध्यक्ष दिपक राना लगायतले आफ्नो शुभकामना राख्नुभएको थियो।
सो अवसरमा समूहका अध्यक्ष जैसीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समूहको गत आ.व.को प्रगति तथा अगामी वर्षको नीति तथा कार्यक्रम सचिव ममता राना खवासले प्रस्तुत गर्नुभएको थियो।
कोषाध्यक्ष रामानन्द यादवले संस्था घाटामा नरहेको र ३ लाख ५९ हजार वचत भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।त्यस्तै अनुगमनको प्रतिवेदन संस्थाकि तारा सुनारले प्रस्तुत गर्नुभएको थियो।
संस्थाकि सदस्य सविता सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव ममता राना खवासले गर्नुभएको थियो।
कोटहीदेवी सामुदायिक वन समितिको हाल सुनवल नगरपालिका ११,रामग्राम १२ को ३६५ घरधुरीको ३२५० उपभोक्ता रहेका छन।त्यस्तै दोस्रो अधिवेशन सत्रका लागि नयाँ समिति चयन गरिएको छ।
अध्यक्षमा ईश्वरी प्रसाद जैसी,उपाध्यक्षमा दिलमाया सुनार,रम्भा कोहार,सचिवमा ममता राना खवास, कोषाध्यक्षमा रामानन्द यादव, सदस्यमा रमेश चौधरी,ममता हरिजन,थममाया चौधरी,यानीमाया सुनार,लक्ष्मी भण्डारी,विष्णु प्रसाद पराजुली,ज्ञानप्रसाद डुम्रे,सीता परियार,लेखा समिति संयोजक तर्फ माया अर्याल सदस्यहरुमा बिजय चौधरी रोशन लुइँटेल लक्षमण आर्चय सबिता सुनार र अनुगमन समिति सदस्यतर्फ तारा सुनार भुपराज पाण्डे फुलकुमारी हरिजन पशुपति कोइरी मिना सारु हरिनारायण चौधरी कमल प्रसाद अधिकारी गोबिन्द भट्टराई डेम प्रसाद पाण्डे लगाएत निर्विरोध चयन हुनु भएको निवाचन मण्डल संस्थाका पूर्वअध्यक्ष कुलबहादुर रानाले जानकारी दिनुभएको छ।