ट्रेन्डीङ्ग

चितवन-२ मा उपनिर्वाचन बैशाख १० गते हुने,उम्मेवारी दर्ता चैत २० गते

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।


आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको निर्वाचन तालिका तय गरेको हो। आयोगका अनुसार फाल्गुन १ गते देखि १६ सम्म मतदाता नियामावली अध्यावधिक गर्ने,चैत्र २० गते उम्मेवारी दर्ता,२१ गते उम्मेवारी बिरुद्द उजुरी दर्ता गर्ने,२२ गते उम्मेवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने,चैत २३ गते दलको चुनाव चिन्ह प्रदान गर्ने र २०८० बैशाख १० गते निर्वाचन गर्ने मिति तय गरेको छ।



गत मंसिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको नागरिकताका कारण अयोग्य भएपछि उनको पद खारेज भएको थियो।


लामिछानेको पद खारेजीपछि चितवन-२ रिक्त थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal