ट्रेन्डीङ्ग

राष्ट्रिय सभा उप-निर्वाचनमा मतदान सुरु

दाङ । लुम्बिनी प्रदेश भुगोलबाट हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनको दाङ घोराहीमा मतदान सुरु भएको छ। बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हाे।

निर्वाचनमा सत्तारूढ दल नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु प्रतिष्पर्धामा छन्।

जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ।

तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?