
परासी।विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपालको नवलपरासी जिल्ला सम्मेलन आगामी चैतसम्म गर्ने भएको छ।
नवलपरासी जिल्ला समितिको परासीमा बिस्तारित बैठकले अरुण सिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरि आगामी चैतमा सम्मेलन गर्ने तयारी गरेको हो।
बैठकका प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी प्रताप सीले स्थानीय स्तरमा भइरहेको जातीय विभेदका विरुद्ध सशक्त संघर्षमा उत्रन सबैलाई निर्देशन दिए।अन्याय र उत्पीडनका विरुद्ध क्रान्तिनै अन्तिम विकल्प भएकोले एकीकृत जनक्रान्तिमा लामबद्ध हुनका निम्ति सबैलाई आग्रह गरे।
बैठकका अतिथि मोर्चाका केन्द्रीय सदस्य रामपृत सीले उत्पीडन समुदायले निरन्तर संघर्ष गर्नुको विकल्प नरहेको बताए।
नवलपरासी सुस्ता र प्रतापपुर इलाका इन्चार्ज लोकमान सीले दलाल संसदीय व्यवस्था खारेज गरेर मात्र सबैको मुक्ति हुने भएकोले अन्तिमसम्म लड्नका निम्ति तयार रहन सबैलाई आग्रह गरे।