
काठमाडौ।राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदको लागि उम्मेदवारी दिन आज दिउँसो १ बजेदेखि ४ बजेसम्म समय तोकिएको छ।
जसमा सत्ता पक्षका दलहरुले आफ्नो उम्मेदवार टुङ्याइसकेका छन।उता प्रतिपक्षी दलहरु नेपाली काँग्रेससहितका दलहरुले भने उम्मेदवार आज मात्रै टुङ्ग्याउने तयारी गरिरहेका छन।
सत्ता पक्षबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भइसकेको छ।राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहेको छ।