ट्रेन्डीङ्ग

रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

परासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ।

पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको गृहनगर रामग्राम परासीमा आज विहान रामग्राम जेसीज र रामग्राम महिला जेसीजले संयुक्त रुपमा स्वागत कार्यक्रम गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन।

उक्त अवसरमा सम्बोधन गर्दै मन्त्री प्रधानले यूवा नेतृत्व उत्पादन गर्दै समाज विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।उहाँले यूवामैत्री कानून निर्माणमा आफूले भूमिका खेल्ने बताउनुभयो । मन्त्री प्रधानले मुलुकको हीत हुने गरी आफूले काम गर्ने बताउँदै जिल्लावासीको शीर निहुरिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२३ का अध्यक्ष बेनीमाधव बस्याल,रामग्राम महिला जेसीज वर्ष २०२३ की अध्यक्ष जोगमाया चौधरी लगयातले बोल्दै यूवामैत्री कानून निर्माण गर्न र कानूनको कारणले अन्याय नहुने खालका कानून निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको रामग्राम जेसीजका महासचिव विष्णुराज रावले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal