ट्रेन्डीङ्ग

भन्सार छली ल्याएका ४ लाख बराबरको चौपाया सहित २ जना प्रहरी नियन्त्रणमा

परासी।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा(भैसी/पाडा)सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान सवा ४ बजेको समयमा प्रतापपुर ४ हरपुराबाट भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्‍याउदै ल्याउदै गरेको अवस्थामा दुई लाख पचास हजार मूल्य बराबरका ५ वटा भैंसी र एक लाख पचास हजार मूल्य बराबरको ६ वटा पाडा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एबम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।

सो अबैध चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्ने सुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सुचना अधिकारि पाण्डेले जानकारी दिए।

उक्त अबैध चौपाया(भैंसी)को कस्ले ल्याएको हो भन्ने बिषयमा आबस्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal