ट्रेन्डीङ्ग

विमान दुर्घटना अपडेट ६२ वटा शव निकालियो : नेपाली सेना

काठमाडौं।पोखरामा विमान दुर्घटनास्थलबाट अहिले(आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ।

नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो।

दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन।

उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै छ र ती शवको पहिचान गरी पोस्टमार्टमपछि आफन्तलाई दिइने छ ।

६८ जना यात्री र ४ जना चालक दलका सदस्यसहितको यती एयरको विमान पोखराको सेती नदीको खोचमा खसेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal