ट्रेन्डीङ्ग

आगामी फाल्गुन ६ र ७ गते सुनवलमा जिल्ला स्तरीय कराते प्रतियोगिता हुँदै

सुनवल।आगामी फाल्गुन ६ र ७ गते पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता-२०७९ सञ्चालन हुने भएको छ।जिल्लाभर विभिन्न खेल प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुनवलमा कराते प्रतियोगिता हुन लागेको हो।

कराते डोजो सुनवल-३ किर्तिपुर-२ को आयोजनामा हुन लागिरहेको सो वडा अध्यक्ष कप कराते प्रतियोगितामा सुनवल नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोग रहने आयोजक संस्था कराते डोजोका सचिव रोशन श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा सुनवल नगरपालिका भित्रका सम्पुर्ण वडाका कराते खेलमा आवद्ध खेलाडी सहभागी हुन सक्ने सचिव श्रेष्ठले बताए।

यश अगाडि आगामी फाल्गुन ६ र ७ हुनुपर्नेमा ७ र ८ गते भएकोले हेडलाईन सच्याइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal