ट्रेन्डीङ्ग

टिकटक लाइभबाट जुवा खेल्ने ४ जना पक्राउ

काठमाडौं।टिकटक लाइभ मार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले दाङको राप्ती गाउँपालिका-३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट,भक्तपर सूर्यविनायक नगरपालिका-१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट पक्राउ गरेको छ।

त्यस्तै भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका-६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको हो।

उनीहरुले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खाातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ।

पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ।उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।

त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएका थिए।उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ।

प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको कार्यालयका एसपी कोइरालाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal