परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० १ रमपुरवामा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा तथा नौ अधिबेशन सम्पन्न भएको छ।
संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक अभय निगम तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक रियाज अलि अन्सारीले १४३१ जना सेयर सदस्य रहेको संस्थाले आ.ब. ०७८/०७९ मा १६ करोड ६७ लाख २८ हजार ८ सय ७३ रूपयाँको कारोबार गर्दै आय १ करोड ७१ लाख २२ हजार १ सय ७८ रूपयाँ र व्याय आय १ करोड ५१ लाख ६८ हजार ९ सय ३४ रूपयाँको कारोबार गर्दै १९ लाख ५३ हजार २ सय ६३ रुपियाँको शुद्ध नाफा आर्जन गरेको बताएका छन।
रमपुरवा साना किसान कृषि सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा तथा नौ अधिबेशन संस्थाका अध्यक्ष मुजीम मोमिनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमूख अतिथिकतामा सम्पन भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जयसवालले यस सहकारीले जनतालाई आत्मनिर्भर बनाउन तथा समाज विकास निर्माण कार्यमा अमूल्य योगदान गरेको भन्दै आगामी दिनमा यसको असल मूल्याकंन हुने विश्वाश व्यक्त गरेका छन्।
अधिबेशनबाट हेमन्त कानु बानियाँको अध्यक्षतामा उपाध्यक्ष पदमा हरी वहादुर साहनी,सदस्य पदमा रबिन्द्र पटेल,अर्जुन मौर्य,मुजिम मोमिन,सुभाष चन्द्र गुप्ता लगायतका १५ सदस्यीय नयाँ सञ्चालक कार्यसमिति गठन गरिएको छ।
कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका उपाध्यक्ष फतिमा खातुन अन्सारी(सकिना)को बिशिष्ट अतिथिकता,वर्डा अध्यक्ष चुलाहि प्रसाद यादव,साना किसान विकास लघुबित्तिय संस्था वुटवल शाखाका अधिकृत निरञ्जन निसादको विशेष अतिथिकता रहेको थियो।
कार्यक्रममा जनकल्याण साना किसान कृषि सहकारी संस्था लिमिटेड भुजहवाका सुभाष साहनी , इलाका प्रहरी चौकिका कार्यालय प्रमुख मेघनाथ चापागाईं, सशस्त्र प्रहरी बल हरपुरका प्रमूख,सिद्दार्थ माध्यमिक विद्यालय कुश्माका प्र.अ रविन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाका व्यवस्थापक रियाज अलि अन्सारीले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए।