ट्रेन्डीङ्ग

सरकारले न्यूनतम साझा कार्यक्रम शुक्रवार ल्याउने

काठमाडौँ।सत्तारुढ दलहरूले न्यूनतम साझा कार्यक्रम पर्सि शुक्रवार सार्वजनिक गर्ने भएका छन्। सत्ता साझेदार दलहरूको बालुवाटारमा आज बसेको अनौपचारिक बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री रवि लामिछानले न्यूनतम साझा कार्यक्रमको लेखनको बिहीबारसम्म टुङ्ग्याउने र पर्सि शुक्रवार सार्वजनिक गर्ने जानकारी दिए।

विभिन्न ठाउँमा नागरिकले पाइरहेका दुःख र कष्टलाई समेटिएर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने उनको दाबी छ। आफूहरूले निर्देशन मात्रै दिएर चर्चा कमाउन नखोजेको भन्दै उनले योजनाबद्ध रूपमा विज्ञसँग समेत छलफल गरिरहेको बताए।

सरकारले न्यूनत साझा कार्यक्रमपछि विश्वासको मत लिने र त्यसपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने समेत उनले बताएका छन्। मन्त्रालय फुटाउने कुरामा पनि कुनै सत्यता नभएको भन्दै गृहमन्त्री लामिछानेले यो विषयमा कुनै दलसँग कुराकानी नभएको र एजेण्डा समेत नभएकाले हल्ला मात्रै भएको बताए।

यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ। प्रधानमन्त्री प्रचण्डले बुधवार दिउँसो मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal