
नवलपरासी।तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको पश्चिम नवलपरासीमा सञ्चालीत दुई ठुला निमाणर् योजनाको कामले गति लिएको छ।
विभिन्न सडकको निर्माण कार्यले लामो समय देखि गति लिन नसकेको अबस्थामा यस क्षेत्रका नवनिर्वाचित सांसद विनोद चौधरी गरेको पहल पश्चात ठेकेदार कम्पनी तथा सरकारी निकायहरूले कामलाई तिब्रता दिएका हुन।
जस अनुसार नारायणचोक देखी त्रिवेणी जोड्ने रानीनगर सम्मको सडक करिव १५ मिलोमिटर सडक साथै बेलाटारी देखी कठहवा सम्मको करिव ९ किलोमिटर सडक उन्नतीका कामलाई पछिल्लो पटक तिब्रता दिईएको छ ।
सांसद चौधरीले आयोजनावारे चासो व्यक्त गरेर सडक बिभागका महानिर्देशक हुलाकी सडक आयोजनाका प्रमुख र हुलाकी सडक कपिलवस्त-नवलपरासी सडक खण्डका आयोजना प्रमुख र तथा निमाणर् कम्पनी संग कुरा गरेर कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि दुवै निमाणर् योजनाको कामले द्रुत गति लिएको हो ।
लामो समयसम्म काम रोकिएर अलपत्र परेको योजना सांसद चौधरीको पहल पछि दुवै आयोजनाको कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश कुमार यादवले जानकारी दिनुभयो।नारायणचोकी देखी त्रिबेणी जोड्ने रानीनगर सम्मको करिव १५ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ४७ वटा कल्भड बन्नेछन् भने सडक मध्ये नाला भएको क्षेत्रमा १२ मिटर र नाला नभएको क्षेत्रमा ७ मिटर कालोपत्रे हुनेछ ।
हाल करिव ४० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमाणर् कम्पनी ब्रज गुरु र महालक्ष्मी जेवीले कुल ५७ करोडको लागतमा उक्त सडकको स्तरउन्नती गर्न निमाणर् गर्ने जिम्मा पाएको थियो ।
यसैगरी बेलाटारी देखी कठहवा सडक खण्डको करिव ९ किलोमिटर सडक स्तरन्नतीको काममा करिव ८ वटा कल्भड बन्नेछन् । हाल करिव ५० प्रतिशत काम सम्पन्न भएको दावी गर्ने निमाणर् कम्पनी कन्टेक प्रा.लीले कुल २७ करोडको लागतमा उक्त सडक निमाणर् गर्ने जिम्मा पाएको थियो ।
दुवै योजनाहरुलाई काम तिब्र रुपमा अघि बढाउन निमाणर् कम्पनी तथा सकारी निकायबाट काम अघि बढाईएको हुलाकी सडक आयोजनाका आयोजना प्रमुख विष्णुदेव पाण्डेले जानकारी दिनुभयो।