ट्रेन्डीङ्ग

सुनवलमा प्रथम वडा अध्यक्ष कप पुरुष फुटवल प्रतियोगिता पुष ९ गतेदेखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पौष ९ गतेदेखि २३गतेसम्म प्रथम वडा अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’भन्ने मुल नारा सहित सुनवल नगरपालिकाको वडा नम्बर ४ मच्छरमाराको खेल मैदानमा हुने वडा स्तरिय पुरुष फुटवल प्रतियोगिताबारे पत्रकार सम्मेलन आयोजन गरि जानकारी गराइएको थियो।

कार्यक्रममा युवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष कृष्ण बहादुर कण्डेलले सुनवल नगरपालिकाका १३ वडाबाट समुह’ए’र समुह ‘बि’ गरि १४ टिम सहभागी हुने बताउनु भएको छ।

कण्डेलका अनुसार प्रतियोगिताको बिजेता समुहले ५१ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपबिजेता समुहले ३१ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन।त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने समूहलाई नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपारले मेडल,प्रमाण पत्र र नगद रकम प्राप्त गर्ने छन।

सुनवल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण पगेंनीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको छ।युवाहरुलाई खेल प्रति प्रोत्साहन र खेलाडीको छनौटको लागी यो प्रतियोगिता सन्चालन गरिएको बताउनुभयो।

सुनवल नगरपालिकाको वडा नम्वर ४ ले सो प्रतियोगिताको लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सह-आयोजक युवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोक्ता समितिले अन्य नपुग रकम सहयोग गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal