ट्रेन्डीङ्ग

जनकल्याण साकोस बिशासयको २३ औं साधारणसभा सम्पन्न

सुनवल।जनकल्याण बहुउदेश्यिय सहकारी संस्था लि. सुनवल ६ विशासयको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
 
संस्थाका कार्यवाहक अध्यक्ष पदम प्रसाद काफ्लेको अध्यक्षता एवम् सुनवल नगरपालीकाको नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विमला अर्यालले जुन उदेश्यका साथ संस्था स्थापना गरीयो सोहि अनुरुप कार्य गर्न र सस्थांलाई पार्रदर्शि बनाउनुपर्ने कुरामा जोड दिनुभयो।उहाँले शेयर सदस्यहरुले सस्थांको आयव्यय विवरण हेर्ने बुझ्ने र सुन्ने गर्ने गरेको धेरै कम मात्रामा पाइएको बताउदै सस्थांमा अपनत्व नभएको देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो।
नगरपालीकाले निकट भविष्यमै सुनवल नगरपालीका भित्रका सहकारीहरुको भेला गराई सहकारीका हरेक गतिविधिलाई ससक्त बनाउने बताउदै सहकारीहरुले पैसा किनवेच मात्र नगरी उत्पादनमुलक र उद्यमशिलताको क्षेत्रमा लगानी गर्न अर्यालले आग्रह गर्नुभयो।
 
विशिष्ट अतिथि जिल्ला सरकारी संघका सचिव चन्डु प्रसाद पाण्डेले फजुल खर्चको अन्त्य गरी बचत गर्ने बानि बसालौ,सरकारीको प्रमुख पाटो बचत नै हो, सहकारी मार्फत देशकै अर्थ तन्त्रमा लगायत कृषि व्यवसायी एवं उद्द्मी उधोगीका लागि अतुलनीय भुमिका खेलेको बताउनु भयो।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै कार्यबाहक अध्यक्ष काफ्लेले २०५७ साल असोज १० गते १०० जना शेयर सदस्यबाट स्थापना गरीएको सस्थां हाल आएर १७ सय ९९ जना रहेको बताउदै सस्थांले दुद्यडेरी,मलखाद र रेमिट्यान्स लगाएतका सेवाहरु प्रदान गरेको बताउनुभयो।
यस्तै लेखा समितिका संयोजक दयाराम भण्डारीले संस्थाले गत आर्थिक वर्षमा २१ लाख ६ हजार २ सय ६१ शुद्ध मुनाफा आर्जन गर्न सफल भएको बताउनुभयो।
 
त्यस्तै कोषाध्यक्ष रमेश कुमार भुषालले संस्थाले सानो पुजीँबाट कारोवार सुरुगरी हाल १६ करोड ८१ लाख २६ हजार ४ सय ६७ रुपैया कुल पुजीँ परिचालन गरेको र आगामी दिनमा शेयर सदस्यहरुको हितका निम्ति थप शेवा सुविधा विस्तार गर्न संस्था तल्लीन रहेको बताउनुभयो।
संस्थाका सचिव ओमकान्त तिमल्सिनाको संचालन र सदस्य लक्ष्मि पाठकको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका पूर्व कोषाध्यक्ष टिकाराम तिमल्सिना,पूर्व अध्यक्ष रुक्मागत बस्याल,सुनवल नगरपालीका सहकारी विभाग प्रमुख खेमराज ढकाल,वडा नम्बर ६ का वडा अध्यक्ष हेमलाल शर्मा,जिल्ला सहकारी संघ नवलपरासीका सचिव चण्डिप्रसाद पाण्डे लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।साधारण सभाले  रिक्त रहेको अध्यक्ष पदमा दयाराम भण्डारी,संचालक समितिको सदस्यमा नारायण प्रसाद अधिकारि त्यसैगरि लेखा समिति संयोजकमा प्रेम नार्यान भुसाल,लेखा समिति  सदस्य पदमा पदम प्रसाद काफ्लेलाइ साधारण सभाले पदपुर्दी गरेको संस्थाका कोषाध्याक्ष रमेशकुमार भुसालले दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal