
परासी।पश्चिम नवलपरासीको परासीमा भेटनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको आयोजनामा जिल्लामा तथा स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरु बिच १ दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।भेटनरी अस्पतालको कार्यक्रम अन्तर्गत स्थानीय तहका पशु प्राविधिक संग अन्तरक्रिया गोष्ठी
भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पशु विशेषज्ञ डा.उत्तम आचार्यले भ्याक्सिन गर्नु भन्दा अगाडि पशुको उमेर,स्वास्थ अवस्था बारे जानकारी लिएर मात्र भ्याक्सियन गर्न आग्रह गर्नु भएको थियो।
डा.उत्तमले कुनै कार्यक्रम गर्नु अगाडि योजना तर्जुमा तयारी गर्नु पर्ने र स्थानीय तह जनता संग प्रत्येक्ष सरोकार राख्ने भएकोले कृषक सगै सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताए।
कार्यक्रममा सातै स्थानीय तहका पशु प्राविधिकहरुको उपस्थित रहेको थियो।भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सुरेश कुमार मिश्रको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन बिश्वानाथ ढकालले गर्नु भएको थियो।