ट्रेन्डीङ्ग

आधारभूत स्वास्थ्य परियोजनाको स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव:जिसस प्रमुख यादव

सुस्ता।फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको संयुक्त साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाले पश्चिम नवलपरासीको स्वास्थ्य क्षेत्रमा राम्रो प्रभाव पारेको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगवती प्रसाद यादवले बताउनु भएको छ।

जिल्लाको सुनवल नगरपालिका,रामग्राम नगरपालिका,बर्दघाट नगरपालिका,पाल्हिनन्दन गाउँपालिका,सरावल गाउँपालिका,प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका अर्थात ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तहमा फेयर मेड फाउन्डेसन र इन्द्रेणी सामाजिक बिकास मञ्चको साझेदारीमा सन २०१९ बाट संचालित आधारभुत स्वास्थ्य परियोजनाले स्वास्थ्य क्षेत्रमा गरेको कार्यक्रमको के कति प्रभावकारी रहेको भन्दै जिल्ला स्तरीय अनुगमन गर्ने क्रममा जिसस प्रमुख यादवले आधरभुत स्वास्थ्य परियोजनाले नवलपरासीको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य तथा प्रभाव मुलक काम गरेको बताउनु भयो।
अनुगमन टोलिले जिल्लाको रामग्राम नगरपालिकाको अमरबन स्वास्थ्य चौकी र प्रतापपुर गाउँपालिकाको बैदौली स्वास्थ्य चौकीको अनुगमन गरेको थियो अनुगमनको क्रममा आधारभूत स्वास्थ्य परियोजनाले के कसरी संचालनमा आएको र यस परियोजनाबाट समुदायका के कति ब्यक्तिहरु लाभान्वित भएको र परियोजना संचालनमा आएपछि स्वास्थ्य संस्थालाई के कति फाइदा रहेको भन्दै स्वास्थ्यकर्मी तथा समुदायका ब्यक्तिहरुसंग अनुगमन टोलिले छ्लफल तथा अन्तरक्रिया गरेको थियो।

आधारभूत स्वास्थ्य परियोजनाले उपेक्षित उष्णप्रदेशिय रोगबाट प्रभावित ब्यक्तिहरु अर्थात कुस्ठरोग तथा हात्तिपाइले रोगबाट प्रभावित ब्यक्तिहरुको सामुहिक भेला गराई तालिम पश्चात् समुह निर्माण गरि उनीहरुको जिविकोपार्जनमा सुधार ल्याई आर्थिक तथा समाजिक हैसियतमा वृद्धि गराउन राम्रो भुमिका खेलेको अनुगमन टोलिका सदस्य जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताउनु भयो।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार परियोजनाले स्वास्थ्य प्रणालीमा सुधार ल्याउन स्वास्थ्य व्यवस्थापन समितिलाई क्षमता अभिबृद्दी तालिम दिएको,स्वास्थ्यकर्मीहरुलाई उपेक्षित उष्णप्रदेशिय रोग लगायत विभिन्न स्वास्थ्य क्षेत्रमा आधारित रहेर तालिम दिइने गरेको,स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग र समुदाय स्तरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन,कुष्ठरोग र हात्तिपाइले रोगबाट प्रभावित ब्यक्तिहरुलाई अपाङ्गता हुनबाट जोगाउन नियमित स्वयं हेरचाह गराउने अभ्यास जस्ता कार्य परियोजनाको राम्रो पक्ष रहेको उहाँले बताउनु भएको छ।

त्यस्तै अनुगमन टोलिको सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले प्रतापपुर गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाई फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्चले आधारभुत स्वास्थ्य परियोजना संचालन बिगत बर्षदेखी काम गर्दै आएको आफुलाई अवगत रहेको र आधारभुत स्वास्थ्य परियोजनाले आफ्नो पालिकाले स्वास्थ्य क्षेत्रमा लिएको लक्ष्यहरुलाई पूरा गर्न एकदमै सहयोग गरिरहेको र अगामी दिनमा परियोजना र पालिका मिलेर थप पालिका भित्र रहेको स्वास्थ्यका समस्यालाई समाधान गर्ने र पालिकालाई कुष्ठरोग निर्मुल पालिका र जिरो होम डेलिभरी पालिका बनाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।
परियोजनाले नवलपरासीको ७ वटै स्थानीय तहका सम्पुर्ण स्वास्थ्य संस्थालाई फोकस क्षेत्र आधार मानी स्वास्थ्य प्रणालीमा सुधार ल्याउने,उपेक्षित उष्णप्रदेशिय रोगहरु न्यूनीकरण गर्ने,नवजात शिशु तथा मातृमृत्यु दर न्यूनीकरण गर्ने र खानेपानी तथा सरसफाइमा आधारित रहेर समुदाय स्तरमा विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ भने परियोजना सन २०२६ सम्म संचालनमा रहने आधारभुत स्वास्थ्य परियोजनाका परियोजना अधिकृत किरण श्रेष्ठले जानकारी दिनु भएको छ।

जिल्ला स्तरीय अनुगमन टोलिमा जिल्ला समन्वय समिति पश्चिम् नवलपरासीका प्रमुख भगवती प्रसाद यादव,जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल,प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेशचन्द्र यादव,जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थी,गैरसरकारी संस्थाका प्रतिनिधि चेतनारायाण भण्डारी,नेपाल पत्रकार महासंघका जिल्लाका पुर्वउपसभापति नारायण सुबेदी,फेयर मेड फाउन्डेसनका तुलसीराम खनाल,इन्द्रेणी सामाजिक बिकास मञ्च कि उपाध्यक्ष साबित्रा पौडेल र इन्द्रेणी सामाजिक बिकास मञ्चका सचिव होमराज कुवर रहनु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal