ट्रेन्डीङ्ग

निर्वाचन आयोगद्वारा समानुपातिक सिट बाँडफाँट,कुन दलले कति पाए?

काठमाडौं।निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ।

प्रतिनिधिसभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८,बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११,कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

यसैगरी,९६ सांसद सहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,प्रदेश १ मा १२, मधेश प्रदेशमा ९,बागमतीमा १२ गण्डकीमा ९,लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

४३ सांसदसहित तेस्रो स्थानको माओवादी केन्द्रले प्रतिनिधिसभामा १४, प्रदेश १ मा ४,मधेश प्रदेशमा ४, बागमतीमा ७,गण्डकीमा ३, लुम्बिनीमा ४,कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ।

२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७, प्रदेश १ मा ४,मधेश प्रदेशमा १, बागमतीमा ६,गण्डकीमा २, लुम्बिनीमा २,कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ।नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ।जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ ।

प्रदेशसभामात्र सिट पाएका लोसपाले ३,नेपाल संघीय समाजवादीले १,नागरिक उन्मुक्ति पार्टीले ५,राष्ट्रिय जनमोर्चाले १,हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal