
परासी।पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको आयोजनामा नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको अध्यक्षमा भएको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधान प्रमुख आथित्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले जनतप्रतिनिधिले जनताका सेवा तथा विकास कार्यमा पन्छिनु हुदैन हामी जनताले आफ्नो अमुल्य मत दिएर जनप्रतिनिधि भए पछि पार्टीको कुरा गरेर मात्र हुदैन निष्पक्ष भएर समग्र जनताको सेवा र विकास गर्नु पर्छ।मतदाताहरूले मत मात्र दिएका छैन्न विकास गर्नको लागि हामीलाई जिमेवारी दिएर भारी बोकाएका छन त्यसले गर्दा जनताका सेवा र विकास गर्नु हाम्रो दायित्व हो र विकास कार्यमा हामी सबै लागेर जोड दिनुपर्ने राप्रपाका बरिस्ठ उपाध्यक्ष तथा पुर्व आईजिपी ध्रुव बहादुर प्रधान बताए।
त्यसैगरि लुम्विनी प्रदेशसभा सदस्य बैजनाथ कलवार,विश्वप्रेम पाठक,खड्ग बस्नेतले समग्र जिल्लाको समस्या डुबान,मलखाद्य केरा एव उखु लगायत किसानका समस्या समाधान गरी दिगाे विकास गर्नकाे लागि मतदाता तथा अन्य साथिहरूकाे सुझाव सल्लाहका साथ विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरीको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन जिल्ला समन्वयका अधिकारी मानबहादुर खडका गर्नु भएको थियो।
कार्यक्रममा सरावल गापा प्रमुख सुखाडि चौधरी,पाल्हिनन्दन गापा प्रमुख बैजुप्रसाद गुप्ता(दिपक),उपप्रमुख फातुम खातुन अन्सारी लगायतको उपस्थिति रहेकोे थियो।