
परासि।जनता प्रगतिशिल पार्टिका अध्यक्ष ह्रदयेश त्रिपाठिले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बिनोद चौधरीसंग युएईको गोल्डेन भिसा रहेको दाबी गरेका छन।
पश्चिम नवलपरासीको परासीमा पत्रकारहरु सँगको कुराकानीमा नेता त्रिपाठीले चौधरी संग युनाइटेड अरब इमिरेट्सका नागरिक सरहको गोल्डेन भिसा रहेको बताए। https://www.facebook.com/100812052334094/posts/pfbid038Kt7ivvuVEFQNKYswvGzK2KER1UyGvY4iBUBrr6hytBwi2SwTyUxaJPMCuKrQ8gXl/?app=fbl
नेता त्रीपाठिले निर्वाचनमा एमालेको नेतृत्व पङ्क्तिले धोका दिएको आरोप लागाउदै,निर्वाचनमा लक्ष्मी र सरस्वती बिचको लडाइमा लक्ष्मिको प्रभाव एमालेलाई पर्दा मलाई असहयोग भयो त्रीपाठिले भने नेपाली राजनीतिमा चौधरीको रूपमा बिचौलियाको प्रवेश भएको आरोप समेत लगाएका छन।
निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको बताउदै निर्वाचनको मत परिणामले देशको संमग्र राजनीति हेर्दा अस्थिरताको बाटो लागेको र संविधान माथि प्रहार हुन सक्ने आंशका व्यक्त गर्दै संविधान बचाउन सक्रियता पुर्वक प्रतिवाद गर्न तयार रहेको नेता त्रिपाठिले बताए।
नेता त्रीपाठि मंसिर ४ गते सम्पन्न निर्वाचनमा नवलपरासी वर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको लागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीसंग पराजित भएका थिए। https://fb.watch/h3WhvKQa4c/