ट्रेन्डीङ्ग

नवलपरासी पश्चिम १ मा सबै क्षेत्रमा कांग्रेस बिजयी

परासी।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसले’क्लिन स्वीप’पारेको छ । प्रतिनिधिसभा सदस्यमा बिनोद चौधरीसहित दुई प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन् ।

चौधरी नेकपा (एमाले) को समर्थनमा उठेका जनता प्रगतिशील पार्टी (जप्रपा) का हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

चौधरीले २९ हजार ४ सय ९५ मत ल्याउनु हुँदा त्रिपाठीले २२ हजार ३ सय ८ मत पाउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी १२ हजार ४ सय ९९ मत ल्याउनु हुँदै तेस्रो हुनुभयो ।

त्यस्तै, प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका विश्वप्रेम पाठकले एमालेका पुण्य प्रसाद पौडेललाई २ हजार १ सय २० मतान्तरले पराजित गर्नुभयो । पाठकले १५ हजार ४ सय ३६ मत ल्याउनु हुँदा पौडेलले १३ हजार ३१६ मत पाउनुभयो । राप्रपाका नवनित कुमार मिश्रले ५ हजार ४४१ मत ल्याएर तेस्रो हुनु भयो ।

त्यसैगरी, प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका देवकरण कलवारले जनमत पार्टीका असरफ अलि चुरिहारलाई २ हजार १ सय ९८ मतको अन्तरले पराजित गर्दै विजयी हुनुभयो । कलवारले ११ हजार २ सय ८४ ल्याएर विजयी हुँदा चुरिहारले ९ हजार ८६ मत ल्याएर पराजित हुनु भयो । तेस्रोमा एमालेका दीपकराज शर्माले ७ हजार ५ सय ७८ मत पाउनुभयो ।

कुल मतदाता १ लाख १८ हजार २ सय ५० मतदाता रहेको क्षेत्रमा ८४ हजार ३ सय २३ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal