ट्रेन्डीङ्ग

पश्चिम नवलपरासी(१)मा विनोद चौधरी निर्वाचित

परासी।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति बिनोद चौधरी विजयी भएका छन।उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गरेका हुन।

चौधरीले २९ हजार ४ सय ९४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरेका छन।त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले १२ हजार ४ सय ९९ मत सहित तेस्रो स्थानमा रहेका छन।

निर्वाचित भएपछि चौधरीले यस क्षेत्रको दिगो विकास,कृषी क्षेत्र र रोजगारीका लागि योजनबद्धरुपमा काम गर्ने बताए।साथै आफुलाई विश्वास गरेर मतदान गर्ने मतदातालाई आभार ब्यक्त गरेका छन।

यो क्षेत्रमा ८४ हजार २ सय २९ मत खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal