ट्रेन्डीङ्ग

सुस्ताका समस्या सामाधान हुन्छन:चौधरी

सुस्ता।नेपाली कांग्रेसका नेता एवंम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न.१ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सुस्ता गाउंपालिका पुगेर जनताको प्रत्यक्ष समस्या बारे जानकारी लिनुभएको छ।

चुनावी प्रचार प्रसार अन्तर्गत घरदैलो कार्यक्रममा रहेका नेता चौधरी सुस्ता गाउंपालिको विभिन्न वडामा पुगी सो क्षेत्रको समस्या सामाधानका लागि आफनो उम्मेदवारी रहेको र सुस्ताको चौतर्फी बिकासका लागि आफनो महत्वपुर्ण भुमिका रहने विश्वास मतदातालाई दिलाउनु भयो।

सो क्रममा चौधरीले जनताको समस्या सामाधान प्रति चासो व्यक्त गर्दै सुस्ता क्षेत्रको चौतर्फी विकासमा आगामी दिनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नियमित रुपमा मतादाता माझ घरदैलो तथा चुनावी प्रचार प्रसार अभियानमा रहनुभएका नेता चौधरी माझ मतदाताले नियमित रुपमा यस क्षेत्रको समस्या राख्दै सोको सामाधान र विकासका लागि आश राखेको पाईन्छ।

चुनावी घरदैलो कार्यक्रममा तिब्रता दिदै नेता चौधरी आज जिल्लाको बर्दघाट,प्रतापपुर र सुस्ताको विभिन्न वडाहरुमा पुगेर मतदाताहरुको समस्या सुन्ने र सोको विकासका लागि भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।जिल्लामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता चौधरी प्रति मतदाताहरुको आकर्षण र समर्थन बढदै गएको छ।

विगत २५ बर्षदेखि यस क्षेत्रमा विकास प्रति ध्यान नपुगेको र यसलाई विकासको क्षेत्रमा उपेक्षामा राखेको नेता चौधरीबले बताउदैै अब यसक्षेत्रको विकासका लागि आफनो उम्मेदवारी रहेको र आफुलाई चुनावमा सहयोग गर्न मतदातामा आग्रह गर्नु भयो।

नेता चौधरीले आफु चुनाव जितेमा यस क्षेत्रका समस्या समाधान र विकासमा जनताले लामो समय पर्खिन नपर्ने विस्वास व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal