
परासी।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पश्चिम नवलपरासीबाट २ हजार २ सय भन्दा बढी कर्मचारी खटिने भएका छन।
जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन।निर्वाचन क्षेत्र नम्बर १ मा १ सय ४५ र क्षेत्र २ मा १ सय ४२ गरी २ सय ८७ मतदान केन्द्र रहेका छन।
एक निर्वाचन क्षेत्रमा सरदर ८ जना कर्मचारी खटिने छन।भने दुबै निर्वाचन क्षेत्रमा २ हजार २ सय ९६ कर्मचारी खटिने जिल्ला न्यायधिश एवं मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो।
हरेक मतदान केन्द्रमा एक जना मतदान अधिकृत,एक जना सहायक अधिकृत,पाँच जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी ८ जना कर्मचारी खटिने सुचना अधिकारी प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो।
संघ,प्रदेश,शिक्षक र स्थानीय कर्मचारीलाई निर्वाचनमा खटाईने छ।निर्वाचनमा खटिने कर्मचारीहरुलाई नियुक्ती पत्र दिई मंसिर १ गतेबाट मतदान केन्द्रमा खटाईने पौडेलले बताउनुभयो।जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा ६१ मतदान स्थल रहेको छ भने निर्वाचन क्षेत्र नम्बर २ मा ५९ गरी १ सय २० मतदान स्थल रहेको छ।
यस जिल्लामा कुल २ लाख ४० हजार ९ सय ३० मतदाता रहेकोमा १ लाख १९ हजार ६५ महिला,१ लाख २१ हजार ८ सय ६१ पुरुष र अन्य ४ जना मतदाता रहेका छन।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १८ हजार २ सय ५० मतदाता र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २२ हजार ६ सय ८० मतदाता रहेका छन।
प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ को(क)मा ६५ हजार १ सय १६,१ को(ख)मा ५३ हजार १ सय ३४,निर्वाचन क्षेत्र नम्बर २ को‘क”मा ६६ हजार ५ सय २ र निर्वाचन क्षेत्र नम्बर २ को‘ख”मा ५६ हजार १ सय ७८ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।