ट्रेन्डीङ्ग

नेताको सम्पत्ति छानविन गरौं:धनराज गुरुङ

  • आफुबाट सम्पत्तिको छानविन सुरु गर्न काङ्ग्रेस उम्मेद्वार धनराज गुरुङको आग्रह
  • गल्याङ।स्याङ्जाको गल्याङ बजारमा नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ।उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो।

    स्याङ्जाको गल्याङ बजारमा गरिएको चुनावी घरदैलो तथा कोणसभामा उहाँले भ्रष्टप्रबृत्ति नै विकासको बाधक भएकाले यसको अन्त्यका लागि आफुलाई मतदान गर्न आग्रह गर्नुभयो।

    आफु कुनै पार्टीको विरोधी नभएको भन्दै उहाँले अहिलेको मुख्य सत्रु भ्रष्ट्राचार,गरिबी र बेरोजगारी रहेको बताउनुभयो।

    गुरुङ्ले भन्नुभयो-‘हामी भन्दा पछाडि रहेका देशहरु अहिले धेरै अगाडि पुगिसके।हाम्रोमा भ्रष्ट प्रबृत्तिले सम्मुनति हुन दिएन।त्यसैले एमालेका साथीहरुलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु।’

    २०३६ सालदेखि राजनीति गरिरहेको भन्दै उहाँले आफु अहिले पनि काठमाडौंमा डेरामा बस्ने गरेको बताउनुभयो।

    दलहरुमा रहेको भ्रष्ट प्रबृत्तिको अन्त्य आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै त्यसपछि विकास निर्माणका कामहरु क्रमशःहुँदै जाने बताउनुभयो।

    गुरुङले स्थानीय स्तरमा भएका समस्याहरु समाधान गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



    © आजको राशिफल
    © Foreign Exchange Rates
    © Gold Price Nepal