
बर्दघाट।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी बर्दघाटमा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका छ्न।
उनले बाताबरण मात्रै सफाई नगरी राजनीतिक सफाई समेत जरुरी रहेको बताए।तपाईहरुले दुई किसिमका मान्छेहरू को सफाई गर्नु छ एक टुट फुटको राजनीतिक गर्नेको र अर्को रंग बदलेर आउनेहरूको सफाई गरेर बिकासको यात्रा अघि बढाउनु छ चौधरी भने।त्यसपछि केही गरौ भन्नेहरुको संगठित रुप एका तिर र चोला बदलिनेहरु अर्को तिर रहने चौधरीको भनाई थियो।
खराब तत्वहरुको सफाई गरी बलियो संगठन निर्माण गर्न जरुरी रहेको उनले बताए।२५ बर्ष सम्म जनताको भावना माथी खेलबाड गर्नेहरुको अब सधैलाई सफाई गर्नुस उनले भने।
बर्दघाट ४ लक्ष्मीनगर टोलले आयोजना गरेको सरसफाई कार्यक्रममा उमेदवार चौधरी आफै कुचो हातमा बोकेर सडक सरसफाईमा उत्रिए पछि सबैको ध्यान चौधरी तर्फ केन्द्रित भएको थियो।