
परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ३ दर्जन बढी युवा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन।
संघीय तथा प्रदेशको चुनावी घरदैलो अभियानको एक कार्यक्रमका बीच सरावल-१ बासाबसहीमा रहेको पार्टी सम्पर्क कार्यालयमा विभिन्न पार्टी परित्याग गरी २० जना युवाहरु एमालेमा प्रवेश गरेका हुन।
पार्टी प्रवेश तथा चुनावी कोणसभा कार्यक्रम सरावल गाउँपालिका नेकपा एमाले पार्टी कमिटीका उपाध्यक्ष देवेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ।
नेकपा एमाले सधीय प्रतिनिधिसभा सदस्य नवलपरासी क्षेत्र नं.२ का उम्मेदवार दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा २० जना कार्यकर्ता पार्टी प्रवेश गरेका छन।
यसैगरि कार्यक्रममा प्रदेश सभा सदस्य क्षेत्र नम्बर २(क)का उम्मेदवार थान प्रसाद गैरे तथा पार्टी भित्रका प्रदेश,जिल्ला,नगर/गाउँ,वडा लगायतका सदस्यहरुको उपस्थित रहेको थियो।
राष्ट्रिय युवा संघ नवलपरासीका जिल्ला कमिटी सदस्य मिन बस्यालको पहलमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य देवराज श्रेष्ठ जानकारी दिनुभयो।











