
परासी।जनमत पार्टीका केन्द्रिय सदस्य एवं नवलपरासी पश्चिम क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बालगोबिन्द चौधरी(बिजि)ले खादको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन।
चौधरीले घरदैलो कार्यक्रम जनता संग कुरा गर्दै खाद(मल)को समस्या समाधान गर्ने बताएका हुन।जैविक मलको प्रयोग गरि मलको बैकल्पिक व्यवस्था गर्ने उम्मेदवार चौधरीले भने,यो चुनावमा धर्तिपुत्र र किसानको छोराले जितेमा मात्र यस क्षेत्रको बिकास हुने बताएका छन।संघीयताको विषयमा वैज्ञानिक ढंगले शुससान कायम गरी अगाडि बढ्ने धार्मिक सहिष्णुता कायम गर्ने पार्टीको धारणा रहेको बताए।
स्थानीय तहबाटै विधालयमा प्राविधिक शिक्षा,रोजगार सृजना गर्ने युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्ने,गाउटोलमा घरेलु उधोग खोल्ने,सिचाइ लागि प्रयोग गरिने र सामाग्री वितरण गर्ने,कृषकका लागि नि:शुल्क बिजुली वितरण गरिने पहल गर्ने जस्ता एजेन्डा रहेको बताएका छन।