ट्रेन्डीङ्ग

स्वतन्त्र उम्मेदवार खड्ग बस्नेतलाई माओवादी केन्द्रको समर्थन

सुनवल।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २(क)का प्रदेश सभा सदस्य पदका स्वतन्त्र उमेदवार खडग बस्नेतलाई माओवादी केन्द्रले समर्थन जनाएको छ।

माओवादी केन्द्र पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १का अध्यक्ष हरि भण्डारीले एक विज्ञप्ति जारी गदै स्वतन्त्र उम्मेदवार खड्ग बस्नेतलाई मतदान गर्न पार्टी पक्तिलाई आवहन गर्दै पूर्ण समर्थन रहेकाे जनाएको हो।

प्रदेशमा स्वतन्त्र उमेदवार बस्नेतले हरेक पार्टीको समर्थनलाई आफुले सकारात्मक रूपमा लिएकाे बताउनुभएकाे छ।

बस्नेतले यस्ताे प्रतिक्रिया प्रति मतदातालाई भ्रमित नहुन आग्रह गर्दै आफ्नाे भुमिका सधैव स्वतन्त्र रहने प्रतिबद्धता जनाउनु भएकाे छ।बस्नेतले माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवार दिएका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal