ट्रेन्डीङ्ग

चौधरी ग्रुपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता

  • त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध गरेपछि स्थानीय युवाको आपत्ती
  • नवलपरासी।चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ।उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो।कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता न.३०१७०४÷०७९÷०८० रहेको छ।

    उद्योग स्थापनाका लागी ग्रुपले नवलपरासीको सुस्ता गाउँपालिकामा करिव पाँच विगाहा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए।तर यस बिषयलाई नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशिल पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन।त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसंग हार-गुहार गरेका छन।शिलान्यास गरिए त्यसको अवरोध गर्ने र चुनाव विथोल्ने समेतको धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ।उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकास विरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको भनाई छ।

    सुस्ता गाउँपालिका वडा नम्बर ४ का प्रमोद पाण्डेले भन्नुभयो ‘उहाँले आफू पनि केही गर्नुभएन र अरुलाई पनि गर्न दिन्न भन्नु आपत्तीजनक छ।हामीलाई यहि रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो।’

    यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन।प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का हरीजन चौधरी भन्नुहुन्छ‘अहिले हरेक घरघरमा हेर्ने हो भने युवाहरु सबै विदेश छन।लुम्बिनी प्रदेशमा सबैभन्दा बढि विदेश जानेमा यो जिल्ला नै पर्छ।यही उद्योग खुल्छ भने किन विरोध गर्ने?कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनु पर्‍यो।’चौधरीले भन्नुभयो।चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध गरिए पनि निर्वाचन लगत्तै अगाडी बढाइने बताउनुभयो।‘यस क्षेत्रलाई हामीले औद्योगीक पार्कका रुपमा विकास गर्नेछौँ।यहाँ अन्य उद्योगहरु पनि विस्तार हुदै जाने छन् जसकाकारण धेरैभन्दा धेरै युवाहरुका लागी रोजगारीका अवसर र किसानका लागि उचित मूल्य पाउने वातावरण तयार हुनेछ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



    © आजको राशिफल
    © Foreign Exchange Rates
    © Gold Price Nepal