
परासी।आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।बेलुकी ०५ बजेर ११ मिनेट जाँदादेखि चन्द्रोदय हुने र सो समयबाटै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको‘राष्ट्रिय पञ्चाङ्ग’मा उल्लेख छ।बेलुकी ०५: १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ।बेलुकी ०५: २७ बजे ग्रहणको उन्मीलन हुने,बेलुकी ०६ :३४ बजे ग्रहण सकिन्छ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।।
एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल,वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ।
बेलुकी ०६ : ३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए।ग्रहणका बेला जप,स्नान,ध्यान,पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो।यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ।