
परासी।नेपाल कम्युनिष्ट पार्टी एमालेको छेत्रीय कमिटी २/क स्तरीय स्थानीय जनप्रतिनिधिहरूको लागि राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रम सुनवलमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य वैजनाथ चौधरीले आसन्न निर्वाचनमा हरेक भातृसंगठन र पार्टी कार्यकर्तालाई चलायमान भए मात्र हाम्रा उम्मेदवार सफल हुने वताएका छन्।नेकपा एमालेका वर्तमान र भुतपूर्व जनप्रतिनिधिहरूको आफ्नो वडामा चुनावी प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका हुने भएकाले आव करिब १३ दिन पार्टी प्रति वफादार भएर होलटाइमरको रूपमा सक्रिय भएर लाग्न समेत आग्रह गरे।
नेकपा एमालेले पश्चिम नवलपरासीमा विगत पचास वर्षमा नभएको विकासको काम पछिल्लो तीन बर्षमा भएको हुनाले कार्यकर्ता र जनप्रतिनिधिहरू निर्वाचन प्रचारप्रसार खुलेर बोल्न अनुरोध गरेका छन्।हरेक क्षेत्रमा जनताको चाहना र जीवनस्तरमा सुधार ल्याउन नेकपा एमालेले काम गरेको हुँदा हरेक जनताको आशा र भरोसाको सन्देश दिन सकेमा आसन्न निर्वाचनमा जित सुनिश्चित भएको समेत बताए।
नेकपा एमालेले करोडौंको लगानीमा पुल,सिँचाइ,खानेपानी,सहरी विकास जस्ता कामहरू गरेको र हरेक गाउँमा कुनै न कुनै काम देखिने भएकोले जनताले सूर्य नै देख्ने र हामीले निर्वाचन यसैलाई प्रचारप्रसार गर्नुपर्नेमा निर्देशन दिए।
कार्यक्रममा नेकपा एमालेका वर्तमान र पुर्व जनप्रतिनिधिहरू,पार्टीका शिर्ष नेताहरु,उम्मेदवार र अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।