ट्रेन्डीङ्ग

देश विकासमा महिलाको भुमिका अग्र स्थानमा:नेता चौधरी

बर्दघाट।नेपाली कांग्रेसका नेता बिनोद चौधरीले विश्वको बिकासमा महिला समुदायको भुमीका अग्रणी स्थानमा रहेको बताउनुभएको छ। नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार समेत रहनुभएका नेता चौधरीले आज बर्दघाटमा महिला संघद्धारा आयोजीत अगुवा महिला कार्यकर्ता भेलालाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता चौधरीले महिला समुदायको भुमीका मुलुक भरी अग्रणी स्थानमा छ।त्यसैले नेपाल सहित विश्वका विभिन्न राष्ट्रको विभिन्न महत्वपुर्ण भुमीकामा महिलानै नेतृत्व गर्दै आफ्नो सफलता देखाईसकेको उदाहरण प्रस्तुत गर्नुभयो।
आधा संसार ढाकेका महिला मुदायलाई सवै वर्गले उत्तीकै मान सम्मान साथ साथ साथ हातमा हाल मिलाएर संग संगै देशको बिकासमा लाग्नुपर्ने बिचार राख्नुभयो।

नेपाली महिला संघ नवलपरासीकी जिल्ला अध्यक्ष कमला पराजुलीको अध्यक्षतामा ता महिला संघकी क्षेत्रीय सभापति बिमला उपाध्यायको स्वागत तथा मुना धनन्जय संन्चालन गर्नुभएके भएको सो कार्यक्रममा ,महीला संघकी केन्द्रिय अध्यक्ष उषा रावत ,नेपाली कांग्रेस संघीय निर्वाचन क्षेत्रीय सभापति मुकुल आचार्य ,समानुपातीक उम्मेदवार लाल वहादुर गुरुगं,प्रदेश सभा सदस्यका उम्मेदवार बिश्वप्रेम पाठक लगायतले बोल्दै लोकतन्त्र रक्षा र यहाका अध’रा बिकास निर्माणलाई पुरा गर्न कांग्रेसलाई जिताउन अनुरोध गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?