ट्रेन्डीङ्ग

संघियताले ऋण काडेर तलवभत्ता खुवाउनुपर्ने स्थिति आयो:राप्रपा अध्यक्ष लिङ्देन

नवलपरासी।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संघियताले ऋण काडेर तलवभत्ता खुवाउनुपर्ने स्थिति आएको बताउनु भएको छ।

पश्चिम नवलपरासीको सुनवलमा आयोजित चुनावि सभालाई सम्वोधन गर्दै अध्यक्ष लिंदेलले तिन दशक सम्म देश चलाएकाहरुले एक हजार युवालाई पनि रोजगार दिन नसकेको बताउनुभयो।देशमा भएका उद्योगहरु पनि वन्द गरेको भन्दै अध्यक्ष लिंदेलले ५० लाख युवाले विदेशमा पशिना वगाउन वाध्य भएको अध्यक्ष लिङ्देनले बताउनु भयो।
संघियता कार्यन्वयन भएपछि ऋण काडेर कर्मचारी र जनप्रतिनिधीलाई तलवभत्ता खुवाउनुपर्ने परिस्थीती आएको राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो।अध्यक्ष लिङ्देनले ऋण काडेर कर्मचारी र जनप्रतिनिधलाई तलव भत्ता खुवाउने प्रक्रियालाई निरन्तरता दिए देशलाई श्रीलंका हुनबाट कसैले नरोक्ने ठोकुवा गर्नुभयो।राप्रापाले हिंसामा विश्वास नराख्ने भन्दै देशलाई ओरालो गतिबाट रोक्न मंशिर ४ गतेको मतदान प्रक्रिया मात्र विकल्प भएको भन्दै ओरालो बाटोबाट देशलाई रोक्नका लागी  राप्रापालई मतदान गर्न नेता लिङ्देनको अपिल रहेको छ।

त्यस्तै राप्रपाको चुनावी सभामा राप्रपाका केन्द्रिय उपाध्यक्ष धुर्व वहादुर प्रधानले पटक पटक अरु दललाई विचार गरेका पश्चिम नवलपरासीका जनताले यस पटक राप्रपा र प्रतिनिधि सभा तर्फ आफुलाई एक पटक विश्वास गर्न आग्रह गर्नुभयो।

प्रधान पश्चिम नवलपरासीको क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेद्धवार रहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?