
बर्दघाट।चेतना महिला कृषि सहकारी सस्था बर्दघाट १४ ले आफ्नो १८औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ।
सहकारीका अध्यक्ष कमला पराजुलीको अध्यक्षता एवम् बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले महिलाहरुको आयआर्जन र उधमशिलतामा सहकारीले खेलेको भुमिका प्रशङ्सनिय रहेको बताउनु भयो।ग्रामीण छेत्रमा मुलत महिलाहरुलाई सबल र आत्मनिर्भर बनाउन महिला सहकारीले महत्वपूर्ण भुमिका खेलेको श्रेष्ठको भनाई थियो।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष कमला पराजुलीले सहकारीले बित्तीय क्षेत्रमा मार्ने फड्को मात्र बिकास नभई महिलाहरूको आर्थिक समृद्धि,सामाजिक परिचय स्वरोजगारलाई प्रथमिकतामा राखेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो।
सहकारीमा हाल १३ सय ९६ महिला सदस्यहरु आबद्ध रहेका छन।