
काठमाडौँ।क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट कानुन व्यवसायीको बहस सकिएको छ।
काठमाडौँ जिल्ला अदालतमा मंगलबारदेखि जारी थुनछेक बहसमा बिहीबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ,कृष्ण सापकोटा,सविता भण्डारी,सुवास पाठक र लभ मैनालीले बहस गरेका हुन।
सन्दीपका कानुन व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन।
लामिछाने पक्षकी अधिवक्ता सुधा रिजालले बिहीबारको बहसपछि सञ्चारकर्मीसँग बोल्दै जाहेरीकर्ता बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताइन।
‘उनी नाबालिग होइन,साबालिग भएकाे प्रमाण हामीले पेश गरेका छौं,’ उनले भनिन।सन्दीपविरुद्धको अभियोग जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा सुनुवाइ जारी छ।











