
परासी।नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष एवं क्षेत्र २ प्रतिनिधि सभाका उम्मेदवार दिपेन्द्र अधिकारीले कृषि र रोजगारीलाई प्राथामिकता साथ राखिएको बताउनु भएको छ।सुनवल नगरपालिका वडा नं ४ मा रहेको महल पोखरीमा उम्मेदवारहरुको परिचयात्मक तथा घरदैलो कार्यक्रममा बताउनु भएको हो।
चुनावी घरदैलो अभियानमा उम्मेदवार अधिकारीले सुनवल-बेलारी महलपोखरी सडकले पुर्णता पाएपछि महलपोखरीको मुहार फेरिने र पर्यटकिय गन्तव्यको रूपमा विकास हुने बताउनुभएको छ।उहाँले रोजगारी र कृषिमा जोड दिने र प्राकृतिक सौन्दर्यता उदाहरणीय स्थल बन्न सफल बताउनुभएको छ।मन्दिरलाई आकर्षक बनाउन,यातायातको सुविधा उपलब्ध गराउन,लिफ्ट सिस्टमबाट खानेपानी सहज बनाउन,लालपूर्जाको समस्या समाधान गर्न पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
प्रदेश सभा सदस्य क्षेत्र नं. २(क)का उम्मेदवार थान प्रसाद गैरेले महलपोखरीका जनताको समस्या समाधान गर्न ३० वर्षदेखि लागिपरेको बताउनुभयो।उहाँले सडक निर्माणदेखि बिद्यालय स्थापना गरेर महलपोखरीमा शिक्षाको दियो बाल्न सफल भएको बताउनुभयो वि.सं २०४९ सालमा ४ घण्टामा हिडेर महलपोखरी आएको बि सं २० ५२ सालदेखि सडक बन्ने अभियानबाट सुरूवात गरेको स्मरण गर्नुभयो।
निर्वाचनमा सफल भएमा बेलारी फेदीदेखि महलपोखरीसम्म सडक कालोपत्रे गरेर पाल्पासंग जोड्ने र महलपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै स्थानीयवासी रूक बहादुर सुर्यवंशीले महलपोखरीको विकासको लागि पहिले सडकलाई व्यवस्थित गर्न सके महलपोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आउने बताउनुभएको थियो।अन्य पार्टीले भन्दा नेकपा एमालेले महलपोखरीमा अहिले विकासका लागि योजना र कामहरू गरेकाले उम्मेदवार प्रति विस्वास रहेको बताउनुभएको थियो।
अर्का स्थानीय बासिन्दा आइतवीर सिन्जाली मगरले अहिले महलपोखरीमा मन्दिर निर्माणमा रहेको,खानेपानीको समस्या केही कम भएको,सडक केही सहज भएको,करिब २२ लाखको लागतमा होमस्टे सञ्चालन हुन लागेको,प्राथमिक विद्यालय पनि सञ्चालन गर्न सहजता भएको बताउनुभएको छ।सडकदेखि विजुलीसम्मको विकास नेकपा एमालेकै नेतृत्वबाट भएको हुनाले आसन्न निर्वाचनमा समेत एमालेलाई जिताउनुको विकल्प नभएको बताएका छन।
कार्यक्रममा नेकपा एमाले पश्चिम नवलपरासीका कार्यवाहक अध्यक्ष डोलराज भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो।