
प्रतापपुर।सौजन्य साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ।
पश्चिम नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा संस्थाका अध्यक्ष राजेश सिंहको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अथित्यतामा सौजन्य साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ।आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि आवश्यक छ।सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसाको बचत गर्ने बानीको विकास गर्नुपर्छ।
साथै कृषकहरूका कृषि गर्नको लागि माटो परिक्षण प्रयोगशाला ५०लाख बराबरको बेलाटारीमा स्थापना गरिनेछ,प्रतापपुर गाउँपालिकाको कृषकहरूका खेतमा कृषि सिचाइ गर्नकोलागि बोरिङ,बोटर र विधुतको लागि पोल र तारको ब्यवस्था गरि कम खर्चमा किसानहरू विधुतीय सिचाइको लागि व्यवस्था गर्ने अध्यक्ष यादवले बताउनुभयो।
सो कार्यक्रममा इलाका बुटवल साना किसान कृषि सहकारीका प्रबन्धक गणेश भट्टराई, त्रिवेणी साना किसान कृषि सहकारी अध्यक्षका सुरज कोहार,प्रबन्धक सीता शर्मा,साना किसान कृषि सहकारी नर्सरीका अध्यक्ष नन्दलाल गुप्ता,समाजसेवी युवराज मौर्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सहकारीमा हाल सेयर सदस्य संख्या ६ सय ३० रहेको सहकारीले १७ लाख १५ हजार बराबरको नाफा गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताए।