ट्रेन्डीङ्ग

मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा:नेता चौधरी

बर्दघाट।नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको राष्ट्रिय राजनितिमा मुस्लीम समुदाय निर्णायक र महत्पुर्ण भुमीकामा रहेको बताउनु भएको छ।नेपाल मुस्लीम संघद्धारा नवलपरासीको जिमिरेभारमा आयोजीत मुस्लीम अगुवा भेलालाई सम्बोधन गर्दै नेता चौधरीले यस्तो बताउनुभएको हो

पश्चिम नवपरासी निर्वाचन क्षेत्र न. १ मा सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्यमा उम्मेवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले मुस्लीम समुदाय नेपालको राष्ट्रिय राजनितिमा निर्णायक र महत्पुर्ण भुमीका निर्वाह गर्न सक्ने समुदाय रहेको जिकिर गर्नुभयो।

मुस्लीम समुदाय समेत नेपालको परिपेक्षमा मुल कर्णधार भएको जिकिर गर्दै नेता चौधरीले मुस्लीम समुदायको हक अधिकार सुनिश्चित गर्ने अभियानमा आफ्नो र आफ्नो पार्टीको पुर्ण साथ रहेको विश्वास व्यक्त गर्नुभयो।

निर्वाचन केन्द्रीत बिषय बस्तुहरुलाई प्रकाश पादै नेता चौधरीले यस क्षेत्रको बाढी तथा डुवानको समस्या, उखु किसानको समस्या र उत्पादीक केराको बजारीकरणवारे देखिएको समस्या समाधान गर्न समेत आफ्नो मुख्य प्राथमिकता रहने दावी गर्नुभयो।

जनताको आयस्तर बृद्धि हुनुपर्नेमा जोड दिदै नेता चौधरीले समग्र रुपमा मुस्लीम समुदायको शैक्षिक स्तर बृद्धि,बिश्व बिद्यालय स्थापना, लगायतका बिषयमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal