
काठमाडौँ।नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम पुनःस्थगित गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र आज (सोमबार)सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहानै विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन।