
कपिलवस्तु।नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द(विप्लव)लाई चयन गरेको छ।विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ।
८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ।
यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ।यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ।
प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ।नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ।
पूर्ण केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको नेकपाले जनाएको छ।