
सुनवल।पश्चिम नवलपरासीको विभिन्न स्थानबाट चोरी भएको मोटरसाईकल फेला गरी प्रहरीले सवारी धनीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ।
सुनवल ४ लक्ष्मीपथ आफ्नै घरबाट चोरी भएको लु ३६ प ६९७१ नम्बरको एनएस २ सय पल्सर मोटरसाईकल महानवमी कै दिन हराएको थियो।
ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले खोजतलास गरी विहिबार आज उक्त मोटरसाईकल सवारी धनी चन्द्र बहादुर सुवेदीलाई हस्तान्तरण गरीएको प्रहरीले जनाएको छ।
जिल्लाको सुनवल १ स्थित ओपनहट रेष्टुरेन्ट अगाडि पार्किङ्ग गरी राखेको सुदुर पश्चिम प्रदेश ००१-०९ प ७३२८ नम्बरको १ सय ५० सिसिको पल्सर मोटरसाईकल गत २० गते हराएको थियो।
ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले फेला पारी आज सवारी धनी प्रदिप न्यौपानेलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै विगत ७ महिना पहिला रुपन्देहीको देवदह ४,आफ्नै घरबाट हराएको लु २७ प ६९२९ नम्बरको २ सय २० पल्सर मोटरसाईकल फेला पारी आज सवारी धनी दिपक काफ्लेलाई हस्तान्तरण गरीएको छ।