ट्रेन्डीङ्ग

प्रतिनिधिसभामा एमालेका १४१ क्षेत्रमा उम्मेदवारी

काठमाडौँ।प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ। आसन्‍न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ।

केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन।डडेल्धुरामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवारलाई सघाउने गरी एमालेले उम्मेदवारी फिर्ता लिएको छ भने नवलपरासी-१ मा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने गरी एमालेले उम्मेदवारी नदिएको हो।

उम्मेदवारी फिर्ताको समय सकिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो।१६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal