ट्रेन्डीङ्ग

आफ्नै कार्यक्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचारगरे कारबाही हुन्छ:आयोग

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि प्रचारप्रसारमा लागे कारबाही गर्ने जनाएको छ। कतिपय स्थानीय तहका पदाधिकारी र सदस्यहरू आफ्नो क्षेत्रभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी प्रति आयोगको ध्यानाकृष्ठ भएको जनाएको छ।

‘आफ्नो क्षेत्रभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइए कारबाही गरिने सूचना सबै स्थानमा पुर्‍याएका छौ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। कतिपय स्थानीय तहका पदाधिकारी र सदस्यहरूले उम्मेदवारको पक्षमा प्रचारप्रसार गरिरहेको भन्ने उजुरी आएको र आयोगको अनुगमनबाट समेत देखिएकाले आयोगले त्यस्तो सूचना जारी गरेके हो।

‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिताविपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्ने जानकारीमा आएकोप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ, ’आयोगको बक्तब्यमा उल्लेख छ।

स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित स्थानीय तह बाहेकमा कुनै पनि दलको उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न पाउने आयोगले उल्लेख गरेको छ। त्यसरी प्रचारप्रसार गर्दा सरकारी सवारी सधान र स्रोतको प्रयोग गरेमा पनि कारबाहीकाे भागेदार हुने जनाइएको छ।
प्रेस विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?