ट्रेन्डीङ्ग

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साताबाट (कार्यतालिकासहित)

काठमाडौँ।कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज(मंगलबार) शैक्षिक सत्र २०७९/०८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट र ११ को आंशिक/गेडवृद्धि परीक्षा तेस्रो साताबाट सञ्चालन हुने जनाएको हो।

यस्तै कक्षा ११ को वार्षिक परीक्षा वैशाख अन्तिम साता सञ्चालन गर्ने सूचनामा उल्लेख छ।

बोर्डले कात्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्ने पनि जनाएको छ ।

हेर्नुहोस् वार्षिक कार्यतालिका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal